Sunday, September 27, 2020

दया लाग्यो सम्माननीय



दया लाग्यो सम्माननीय

 

तिमीलाई जति यो ग्रिश्मले पोल्छ 

मलाई पनि त्यति नै पोल्छ


तर म तौलिया बेरेर नाङ्गो छाति देखाउँदिन

तिमीले त्यसो गर्दा पनि म कुनै उत्तेजनामा आउँदिन  


खबरदार!

मेरो तिघ्रालाई पुरानो थोत्रे फरियामा कैद गर्न नखोज

मेरो स्वतन्त्रतालाई तिमि आफ्नो पैतृक सम्पत्ति नसोच 


मेरो तिघ्रा त्यस्तै छ जस्तो तिम्री आमाको 

आशिर्वाद छ मलाई मेरी आमा अनि बाबाको 


नहेर !

तिघ्रामा केहि पाइन्न ,

खोज !

सायद तिम्री श्रीमतीको आँखामा तिम्रो लागि सम्मान होला !

चुक्….चुक्.… दया लाग्यो सम्माननीय !

कम्तिमा आफुले खाएको थाल त मोल !


16 comments:

Technology

Common myths that will never let you grow financially.

Do you think that the beard around the mouth would stop a thirsty person from drinking? Or do you believe that this universe can kill the pe...