Sunday, April 5, 2020

कोरोनाको पर्खाल

कोरोनाको पर्खाल:


पर्खाल धेरै किसिमका हुन्छन्| कुनै पर्खालले जोगाउँछन् त कुनैले तहसनहस पार्छन्| जसरी इट्टाको पर्खाल
बनाउनु मान्छेको हातमा हुन्छ त्यसैगरी सम्बन्धको बिचमा पर्खाल ठड्याउनु पनि सबै मान्छेकै हातमा हुन्छ|
तर इट्टाबाट बनेका पर्खालहरु भत्काउनु जती सजिलो हुन्छ सम्बन्धको बिचमा बनेको पर्खाल तोड्न उत्तिनै गाह्रो|
केही त्यस्ता पर्खालहरु त कहिलै पनि नफुट्ने गरी बिकराल रुप लिएरबसिदिन्छन् |
शायद त्यस्तै कुनै पर्खाल यो कोरोनाले बनाउँदै छ कि! बिचार गरौँ!

जीवन सबैको अमुल्य छ | एउटा VENTILATOR मा बसेर आफ्नु १०० औँ बर्ष बाँचिरहेको OLD MAN लाई
पनि अज्जै बाँच्ने इच्छा हुन्छ| कलिलै उमेरमा दुर्घटनामा परेर ज्यान गुमाएकी ति सुन्तलीलाइ मर्ने मन त पक्कै
थिएन|

एउटा महान भनाइ छ:

"समय भन्दा पहिले र भाग्य भन्दा धेरै कसैले कहिलै पाउँदैन।" 



तर जीवन जती अमुल्य हुन्छ, त्यो भन्दा पनि अमुल्य सम्बन्ध हुन्छ| कोही आफ्ना रगतका नातालाई महत्व
दिन्छन् त कोही आफ्ना मित्रताका| तर जो कोइ होस् आखिर मान्छे भएपछी भावना त सबैमा हुन्छ नै|
जहाँँ माया हुन्छ त्यहाँ कोरोनाको पनि केही महत्व हुन सक्दैन | 


भगवान् कृष्णले अर्जुनलाई युद्धको बेला दिनु भएको अर्ती आज म फेरी सम्झिन चाहन्छु|
"जसरी मान्छेले पुराना वस्त्रहरु त्यागेर नयाँ वस्त्र धारणा गर्दछ,त्यसैगरी आत्माले पनि पुराना तथा व्यर्थका
शरीरहरुलाई त्यागी नविन भौतिक शरीर धारण गर्दछ।"(२.२२-श्रीमद्भग्वद्गिता यथारुप)


म धार्मिक हैन तर ज्ञानको सधैं पूजा गर्छु| प्राय मान्छेहरु अजम्बरी जसरी बाचिरहेका हुन्छन्|
मनमा रिश राग पालेमा शरीरमा रोग लाग्छ, जिन्दगी र धनको मोहमा लिप्त भएमा जीवनमा सुख रहदैन|
यो शरीर त एक दिन नाश हुनु नै छ| बाँच्छ त केवल सम्बन्ध|
तर सम्बन्धलाई छि-छि र दुर-दुर गर्ने मान्छे बाँचे पनि अक्सर जिउँदै मर्ने गर्छ| 



कोरोनाबाट त्रसित सबैलाई म सजक रहेर आफ्नु मानसिक स्वाथ्यको पनि उत्तिकै ध्यान राख्नुहुन आह्वान गर्छु|
कोरोनाले लगोस् या नलगोस् डरले चैँ पक्कै लग्छ| कोरोनाले सबै मर्दैनन् र को मर्छ पनि भन्न सकिन्न
तर कोरोनाको पर्खालले चै तपाईं पक्कै पनि कसैको लागि जिउँदै मर्नु हुनेछ|
कोरोनाको पर्खाललाई बहिस्कार गरौँ।
यहाँ कोही अछुत छैन र कोरोना कस्लाई लागेको छ या छैन भन्न पनि सकिँदैन।
घरमै बसौँ र मानवताको लागि कृपया अरुलाई छि-छि र दुर-दुर नगरौँ।        


  

No comments:

Post a Comment

Technology

Common myths that will never let you grow financially.

Do you think that the beard around the mouth would stop a thirsty person from drinking? Or do you believe that this universe can kill the pe...