मलाई तिम्रो अंगालोको न्यनोपनमा हराउन डर लाग्छ|
पानीको अभाभले पट्पटी फुटेका मरुभुमि झैँ , जब आसुँ रित्तिएर कर्कश लाग्छन् आँखामा
मलाई सपनाका सित्तल सितहरुमा रमाउन डर लाग्छ|
सुनेथ्ये केही फुलहरु फुल्नै नपाई झर्ने गर्छन् ,झरिजाने त निक्कै भाग्यमानी हुँदा हुन्,
यहाँ त फुल्नै नपाई ओहीलाएर जिउँदै मर्नेहरुको बिचमा आफुलाई पाउँदा
म प्रत्येक् क्षड टुक्रा टुक्रा हुँदै मुर्छा पर्ने पर्छु |
Comments
Post a Comment