मैले आफुभित्र आगो भेटेको छु
जब म आफुलाई हेर्छु; ऐनामा,
लाग्छ मेरो जन्मौं जन्म देखिको प्रेमिले मलाई नियाल्दै छ
त्यो हेरिरहेको आँखामा म बिशाल प्रेम देख्छु
जुन
आँखा भित्र म आँफैलाई देख्छु
त्यो हेरिरहेको आँखामा म बिशाल प्रेम देख्छु
मेरो
आँखा भित्र म आँफैलाई देख्छु
त्यो हेराइमा एउटा सिंगो प्रश्न छ
त्यस्को उत्तर म सँग सुन्य छ
प्रश्न सङ्सँगै सपनाहरु आँशुको पोखरीमा
डुबिरहेको देख्छु
रातमा सिरानीमा अररो परेका सपानाका लाशहरु
बिहान फेरी जिउँदा भएका कथाहरु पढ्छु
उस्को ओठमा म लाली हैन क्रोध देख्छु
त्यो क्रोधमा अरसल्ल परेका चोटहरु
जब म हेर्छु उस्लाई,
उस्लाई नहेर्न मनले मान्दैन
जब म बुझ्छु उस्लाई
उस्लाई नबुझ्न मनले मान्दैन
उह् किताब भैदिये
पढेर मलाई अघाउन मन लाग्दैन
उस्मा गल्ती भएका रस्व दिर्घ
म नसच्यायी हेरिरहन्छु
उह् एत्तिकै राम्री लाग्छ
विथ् दोज् डार्क सर्कल्स्
त्यो अनुहार मलाई साह्रै प्रिय लाग्छ
अनी
म आफ्नै प्रेममा निर्लिप्त हुन्छु
यस्तो आभाश हुन्छ
म जस्लाई हेर्दै छु उह् म हैन
जस्ले मलाइ हेर्दै छ उह् म हैन
उस्को बलिदानको काहानी पढेर म स्वास्वा हुन्छु
उस्को निस्वर्थिपन देखेर म वाह् वाह् हुन्छु
उस्को मुहार देखेर जती प्रेमका भाबहरु आउछँन्
त्यती नै डरहरु पनि
अहँ
म त्यती भयानक हुनै सक्दिन
तर एउटा तत्व छ हामीलाई एउटै बनाउने
आगो!
मान्छु,
म मा थोरै छ
उस्मा पुरै मुस्लोसरी
तर
आगो जती भएपनी एक झिल्का नै त चाहिने हो नि डढेलो लगाउन
हो
मैले आफुभित्र आगो भेटेको छु !!!
Comments
Post a Comment